काठमाडौं । हिजो उच्च अंकले घटेको नेप्से आज भने झिनो अंकले बढेको छ । आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २.३५ अंकले बढेको हो ।
आज सात अर्ब ६३ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भयो ।
११२ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको सेयर मूल्य घटेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


