काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।


