असोज १, काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री हुने भएकाले प्रहरीले बिनाबिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ । त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न परिसरले बुधबार एक सूचना प्रकाशित गरी सबैमा आग्रह गरेको छ ।
गत भदौ २३ र २४ गते ‘जेनजी’ ले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा काठमाडौंका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालय, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठान लगायत निजी सम्पत्तिमा समेत आगजनी तथा तोडफोड गर्नुका साथै बहुमूल्य गरगहना तथा सरसामान चोरीरलुटपाट गरी लगेको पाइएकाले बिलबिना खरिद नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।


