काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ०७४ सालमा प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालय अन्तर्गत राखिएका तीन विभागहरु पुरानै मन्त्रालयमा फर्काइएको छ । सरकारले अर्थ र गृह मन्त्रालयअन्तर्गत भएका तीन विभाग पुनः यी नै मन्त्रालयमा फिर्ता ल्याएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी अर्थ मन्त्रालयअन्तर्गत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग ल्याइएको छ । त्यसका साथै राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्ने निर्णय गरिएको छ ।


