काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको प्रष्टीकरण दिएका छन् ।
उनले आइतबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
अर्थमन्त्री खनालले भने, ‘राजस्व अनुसन्धान विभाग अथवा त्यस्तो किसिमको निकाय चाहिँदैन । किनभने जब हामी विश्वास निर्माणमा आधारित प्रणाली निर्माण गर्छौं भने त्यस्तो अरू निकाय आवश्यक हुँदैन । सरकारी, निजी क्षेत्र वा समुदायमा पनि गलत कारोबार गर्ने केही अवश्य पनि हुन्छन् । त्यसलाई कारबाही गर्ने निकाय सम्बन्धित निकायमा नै हुनुपर्छ । केही मुलुकहरूमा भन्सार सम्बन्धी काम त्यस अन्तर्गतकै निकायहरूले हेर्ने गर्दछन् ।’


