काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । बुधबार कुल २ करोड ३६ लाख कित्ता किनबेचबाट ११ अर्ब ४९ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबारमा आज आँखुखोला जलविद्युत् कम्पनीको ८३ करोडको खरिदबिक्री भएको छ। यसबाहेक राधी विद्युत्को ५४ करोडको किनबेच हुँदा एसवाई प्यानल ४९ करोड, युनाइटेड मोदी हाइड्रोपावर ४८ करोड र रिभर फल्स पावरको ३० करोडको कारोबार भएको छ।
आज वाणिज्य बैंक, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा सामान्य घटे पनि बाँकी हरियो रहेका छन्।


