काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से २१.६२ अंकले बढेको छ । आज चार अर्ब २३ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।
सालपा विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ९.३१, हिमालयन पावर पार्टनरको ९.१५, सागर डिस्टिलरीको ८.९६, बन्दीपुर केबलकारको ८.३४ प्रतिशतले बढेको छ ।
१३ वटा उपसमूहमध्ये सबै सूचक बढेका छन् ।


