काठमाडौं । हिजो बढेको सुनको मूल्य आज भने घटेको छ।
सुनको मूल्य आज तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर आज सुनको भाउ तोलाको तीन लाख दुई हजार आठसय रुपैयाँमा झरेको छ।
गएको बिहीबार र शुक्रबार लगातार घटेको सुनको मूल्य हिजो तोलामा २३ सय रुपैयाँ बढेको थियो। सुनको मूल्य आइतबार तोलाको तीन लाख पाँचहजार आठसय रुपैयाँ थियो।


