काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।
बैंकका अनुसार आज एक अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा छ। त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ २४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा छ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४८० रुपैयाँ ८१ पैसा छ।
आज बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ८८ पैसा छ। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।


