काठमाडौँ । पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता र भ्रष्टाचारको आरोपमा तत्कालीन प्रधानाध्यापक र लेखापालसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकाहरूमा विद्यालयका तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनाल र लेखापाल ठकबहादुर बुढाथोकी रहेका छन्। उनीहरूलाई १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा बिगो कायम गरी कैद सजाय र जरिवानाको माग गरिएको छ।
यसैगरी, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, मुसिकोट नगरपालिकाका शाखा अधिकृत विनाराम खड्का र सूचना प्रविधि अधिकृत गोपाल ओलीलाई समेत भ्रष्टाचारमा संलग्न भएको भन्दै कानुन बमोजिम सजायको माग गरिएको छ।


