काठमाडौं । आजबाट एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुलाएको छ।
कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाएको हो।
कम्पनीलाई जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डले दिएको छ।
यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन चैत ३० गतेसम्म दिन सकिनेछ।


