काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४७५ कायम भएको छ । जुन शुक्रबारको तुलनामा ६०० बढी हो ।
गत शुक्रबार छापावाल सुुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको चाँदीरु चार हजार ५१० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


