काठमाडौं । सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् ।
यस्तै मेयर कार्कीले कार्यपालिकाको निर्णय भन्दै प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् ।
गिरी दसैँ बिदापछि बिहीबार मात्रै कार्यालयमा हाजिर हुन पुगेकी थिइन् । हाजिर हुन ढिला गएपछि उनी चढ्दै आएको गाडीको सुविधा खोस्दै मेयर कार्कीले कार्यकक्षमा समेत तालाबन्दी गरेका हुन् । मेयर कार्कीले हाजिरी पुस्तिका समेत लुकाएका छन् । गिरीले गत चैत्रदेखि वराह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकी थिइन् ।
