काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा केही हताहत भएको आशंका गरिएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकलाई इजरायलविरुद्ध प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणबारे जानकारी दिने क्रममा मन्त्री साउदले यस्तो जानकारी गराएका हुन् ।
हमास समूहबाट गम्भीर आक्रमण भएको स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको जानकारी उनले दिए।
बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचामलन गरिएको मन्त्रीले जानकारी दिए।
‘इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गिभरको रूपमा कार्यरत रहेका छन्।


