काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार ७८ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ।
तनहुँ, बागलुङ, पर्सा, धादिङ, मोरङ, कञ्चनपुर, सर्लाही, पाल्पा, कैलाली, बर्दिया, गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुली, धनकुटा, डोटी, चितवन, धनुषा, झापा, रुपन्देही, गुल्मी, सुर्खेत, स्याङ्जा, महोत्तरी, सिरहा र बाँकेमा प्रहरी प्रमुख रहेकासँगै ७८ एसपीको सरुवा गरिएको हो।


