काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्प गएको छ ।
समाचार एजेन्सीहरुका अनुसार ताइवानमा बुधबार बिहान ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प हो। भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन।
समाचार एजेन्सी एएफपीका अनुसार ताइवानमा भूकम्प गएपछि फिलिपिन्सको प्रशासनले तटीय क्षेत्र खाली गर्न आदेश जारी गरेको छ।
भूकम्पको केन्द्रबिन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।


