काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । उनले सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका हुन् ।
प्रदेश सभामा उपस्थित ६२ मध्ये मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको छ ।विपक्षमा कसैको मत परेन । विश्वासको मत लिने क्रममा संसद्लाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशबासीमा देखिएको निरास चिर्दै अघि बढ्ने जनाए । संयुक्त सरकारले नीतिगत सुधारदेखि खस्कँदो आर्थिक स्थितिलाई सुधार गरेर लैजाने बताए।


