काठमाडौं । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई गतिशील बनाउने सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।
मन्त्री पौडेलले आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले अब छिटोछिटो मन्त्री परिवर्तन हुने परिपाटी रोकिने दावी गरे।
अर्थमन्त्री पौडेलले अहिलेको मौद्रिक नीति लचिलो रहेको र अर्थतन्त्रको समस्या समाधानका लागि केहि योगदान पुग्ने विश्वास व्यक्त गरे । अर्थतन्त्रलाई गतिशील बनाउनका लागि सरकारको कदम प्रयाप्त नभएको देखिएकाले सरकार निजी क्षेत्रलाई साथमा लिएर सशक्त ढंगले अघि बढ्न तयार रहेको उनले बताए।


