काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले निरन्तर रेकर्ड कायम गरेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि, भदौ २१ गते एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएर भएको थियो । त्यस दिनको रेकर्ड आज ब्रेक भएको हो ।
मंगलबारको तुलनामा सुनको मूल्य एक हजार रुपैयाँले बढेर कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।


