काठमाडौं । सरकारले एकैपटक ४० जना सहसचिव वा सो सरकारका कर्मचारीहरूको सरुवा गरेको छ ।
मन्त्रिपरिषद्को कात्तिक २ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सरुवा भएकाहरूको सूची सार्वजनिक गरेको हो । सरकार परिवर्तन भएसँगै उनीहरु छोटो समयमा नै सरुवामा परेका हुन् ।


