काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपालले मुद्दा लगाइएकै कारण पार्टीले बिदा गर्न चाहेको भने आफूलाई त्यो शिरोधार्य हुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले बिदा गरे आफू बिदा भएर जान तयार रहेको बताएका हुन् ।
अध्यक्ष नेपालले आफूले जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको धारणा राखे । “नेपाल सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै ममाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइयो,” उनले भने ।
अध्यक्ष नेपालले अहिले आफूमाथि प्रतिशोध साध्नेहरू पछि आफूले खनेको खाल्डोमा आफैँ पनि पर्न सक्ने जिकिर गरे ।
ल्


