काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रको राजीनामा स्वीकृत गरेका छन्।
राष्ट्रपतिको कार्यालयले साउन १ गते दिएको राजीनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत भएको जनाएको छ।
मिश्रले नेपालको संविधानको धारा २५० को उपधारा (४) को (क) बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ। उनले वित्त आयोगको सुशासनसँग सम्बन्धित विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका थिए ।


