काठमाडौं । आज पनि देशका धेरै स्थानमा भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बाढी महाशाखाका अनुसार आज जिल्लाका हिसाबले आज दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।
यस्तै आज इलाम, झापा, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।


