काठमाडौं । सर्वोच्च अदालतले मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले आज उक्त रिट निवेदन खारेज हुने आदेश गरेको हो।
रास्वपाका संस्थापक महामन्त्री ढकाललाई पार्टीहित विपरीत गतिविधि गरेको भन्दै २०८१ असार २६ मा पार्टीबाट निस्कासन गरिएको थियो।


