काठमाडौं । अनिलराज पौडेल युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष बनेका छन्।
उनलाई गत साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त गरेको हो।
राष्ट्रपति पौडेलका भतिज अनिलराजलाई उनी निकट युवा तथा खेलकुदमन्त्री एवं कोषका अध्यक्ष समेत रहेका तेजुलाल चौधरीको जोडबलमा युवा स्वरोजगार कोषको उपाध्यक्ष बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बताएको छ ।


