काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले आज यस वर्षको दशैंको टीका साइत सार्वजनिक गरेको छ । समितिका अनुसार उत्तम साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।
उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटको समय उत्तम रहेको छ।


