काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याएको छ ।
सरकारले अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा लगिएका राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई पुनः अर्थमै राख्ने निर्णय गरेको छ । २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ती विभागहरू प्रधानमन्त्री कार्यालय मातहतमा लगेका थिए ।


