काठमाडौं । स्वास्थ्य क्षेत्रको नेतृत्वमा फेरबदल भएको छ। टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा। अनुप बाँस्तोलालाई दिइएको छ।
ट्रपिकल मेडिसिनका विज्ञ चिकित्सक डा. बाँस्तोला यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकारका रूपमा कार्यरत थिए। मन्त्रालयले अस्पतालको नेतृत्वलाई थप मजबुत बनाउने उद्देश्यले उनलाई निर्देशक नियुक्त गरेको जनाएको छ।
टेकु अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भएका छन्।


