काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद्का समयमा नेपाल एपीएफ अस्पतालले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन्।
उनले आज नेपाल एपीएफ अस्पतालको २४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले प्राकृतिक विपद्, आपतकालीन अवस्था, भूकम्प, कोभिड महामारी जस्ता चुनौतीको सामना गर्दै अस्पतालले जनस्वास्थ्यलाई सर्वोपरि ठानी कार्य गर्दै आइरहेको बताए।
अस्पताल उपचार सेवामा मात्र सीमित नभई इमर्जेन्सी, प्याथोलोजी, रेडियोलोजी, डाइलेसिस सेवा, प्रसूति सेवालगायत आधुनिक सेवामा स्थापित हुँदै आएको भन्दै उनले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अस्पतालका प्रमुख, प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा. रूपक महर्जनलगायतले धन्यवाद ज्ञापन गरेका छन् ।


