काठमाडौं। आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा १ हजार ३ सय बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ ।


