काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफूले चिनियाँ अधिकारीसँग छलफल गरिरहेको बताएका छन् ।
कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरु टोलीसँग आइतबार छलफल गर्दै उनले नाकालाई सहज रुपमा सञ्चालनका लागि आफुले पटक–पटक चिनियाँ अधिकारीसँग छलफल गरेको बताएका हुन् ।
उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भएपनि पछिल्लो समय देखिएको विभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे ।
कांग्रेस नेता बस्नेतले नेपाली व्यापारिहरुले करौडौ लगानी गरेर सामान खरिद गरेर नेपाल भित्राउन नपाउँदा व्यवसायीहरु मर्कामा परेको बताए । उनले नेपाल सरकारको पहलमा चीनले समान भित्राउन सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
सो क्रममा व्यवसायीहरुले विनाशकारी भूकम्पअघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लािग राज्यले गम्भीर भएर चीनसँग वार्ता गर्नुपर्ने बताएका थिए ।


