काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै यस्तो निर्णय गरेको हो ।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरणमन्त्री छन् ।
माओवादी केन्द्रले संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने तयारीसमेत गरेको छ । प्रदेश सभामा १३ सिट भएको माओवादी केन्द्रले सुरूदेखि नै आफूले नेतृत्व पाउनुपर्ने बताउँदै आएको थियो । यद्यपि त्यसमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले पनि आफू मुख्यमन्त्री बन्नुपर्ने बताएका छन् ।


