काठमाडौं । आज हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
टस जितेर बलिङ रोज्दै नेदरल्यान्ड्सले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साढे ९ बजे सुरु हुनेछ ।
आईसीसी लिग–२ अन्तर्गत त्रिदेशीय शृंखला ९सिरिज० को अन्तिम खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। यसअघि खेलेका तीन खेलमा नेपाल एकमा विजयी भएको छ भने २ खेलमा पराजित भएको छ।
नेपाल नामिबियासँग भएका दुवै प्रतिस्पर्धामा हार्यो भने नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको सानदार जित हासिल गरेको थियो। समान खेल खलेको नेदरल्यान्ड्सले पनि एक खेल जितेको छ।