काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घन्टा संचालन गर्ने भएको छ ।
पछिल्लो समय यात्रृको चाप बढेको बताउँदै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले शुक्रबार हवाई यातायातको चाप घटाउन पहिले काठमाडौं विमानस्थललाई २४ घन्टा संचालनमा ल्याउन लागेको जानकारी दिएका हुन् ।
यसअघि ०७५ जेठमा पर्यटनमन्त्री रविन्द्र अधिकारीले बिहान ६ देखि राति १२ बजेसम्म १८ घन्टा संचालन हुँदै आएको काठमाडौं विमानस्थललाई तीन घन्टा थपेर २१ घन्टासम्म संचालनमा ल्याएका थिए । यो निर्णय भएको १० महिनापछि काठमाडौं विमानस्थलको धावनमार्ग रातको समयमा जीर्णोद्धार गर्ने ठेक्काको समय सुरु भएपछि पुनस् उडान संचालनको समय घटेको थियो ।
अहिलेका पर्यटक मन्त्री प्रेमबहादुर आलेले पनि निकै सक्रियताका साथ काम गरिरहेका छन् । उनले देशको पर्यटन विकासमा आफूले दिलोज्यान दिएर लागिपरहेको कुरा सार्वजनिक गर्दै आएका छन् ।