काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक बस्दैछ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बैठक बस्ने तय भएको छ ।
एमालेले आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने तयारीका लागि बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायतका कार्यसूची छन् ।
पछिल्लो समय सत्तारुढ दलका शीर्ष नेताप्रति निकै आक्रामक देखिएका अध्यक्ष ओली आसन्न निर्वाचनमा एमालेले सुबिधाजनक बहुमत ल्याउने दावी गरिरहेका छन् ।


