काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार दिएका बालेन शाहले अरु प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मत प्राप्त गरेका छन् । उनले हालसम्म १० हजार ४६ मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार स्थापितले पाँच हजार तीन सय १४ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले चार हजार ६ सय ४१ मत ल्याएकी छन् । पछिल्लो समय बालेनले मत अन्तर झन् झन् फराकिलो बनाउँदै लगेका छन् ।