बाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका अधिवक्ता गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइरालां लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । उनको शपथ राष्ट्रपति कार्यालयमा बिहीबार दिउँसो २ बजेका लागि राखिएको छ ।
यसैबीच हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ ।
उनलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए ।
प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् ।