काठमान्डौ । ८८४८ इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति धिमाल फिल्मसको निर्माणमा बन्न लागेको नेपाली कथानक चलचित्र सानीमायाको कार्यशाला शुरु भएको छ ।
राज चौधरी निर्माता रहने चलचित्रको लेखन निर्देशक देव धिमाल रहेनछ । चलचित्रमा अर्जुन थापा, प्रियंका श्रेष्ठ, स्वयक्षा ढकाल, अभिषेक फुइयाल, रामचन्द्र अधिकारी, शारदा गिरि काली बुढी, सावित्रा चिलुवाल, विशाल पाहाडि, राजकुमार शाह, कृष्ण प्रसाद धिताल, निरज काफ्ले, भिमशेन खतिवडा, प्रियका श्रेष्ठ, स्वछ्या ढकाल , लगायतको अभिनय रहने छ।
चलचित्रको शुटिङ जेठमा जाने निर्माण पक्ष ले जानकारी गराएका छन । ओ.एस.आर. डिजिटलले चलचित्रको डिजिटल पार्ट्नर रहेको छ ।