काठमाडौं । आसन्न स्थानीय निर्वाचनबारे आज निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई बिहान ११ बजे बोलइएको हो ।
२०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । तर, आचारसंहिता भने लागू भइसकेको छैन ।
उमेदवार बन्नुअघि बहालवाला जनद्यप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।