काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै छन् । ओली आज बिहान साढे १० बजे जाने दिक्तेल जाने तयारी छ । उनी पार्टीले आयोजना गर्ने कार्यक्रममा ओलीले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा स्वागत गर्न र आसन्न स्थानीय तहको निर्वाचनमा कसरी अगाडि बढ्ने निर्देशन दिन जान लागेका हुन् ।
स्थानीय निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न प्रमुख पार्टीका शीर्ष नेताहरू यति बेला देश दौडाहमा छन् ।
उनी शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेर फर्किएका थिए।