काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ११ः३० बजे बैठक बस्न लागेको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।
स्थानीय तह निर्वाचनको तयारी र देखापरेका चुनौतीका विषयमा छलफल हुने बुझिएको छ ।