काठमाडौँ । आज बिहान साढे एघार बजे संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक बस्दैछ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने तय भएको बैठकमा सरकारले संसद छलेर राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेपछि भावी रणनीति तय हुने बताइएको छ ।
विपक्षी दलहरुको बैठक हिजो पनि बसेको थियो । उक्त बैठकले संसद् छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको थियो । यस्तै अध्यादेशहरु फिर्ता लिन सरकारलाई आग्रह गर्दै स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आह्वान गर्ने निर्णय समेत गरेको थियो ।


