काठमाडौं । रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप आज दिउँसो दुर्घटना हुँदा उक्त हताहत भएको प्रहरीले जनाएको छ ।
उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो। अहिले घाइतेहरूको उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


