काठमाडौं । समाज कल्याण परिषदका सबै पदाधिकारीले सामुहिक राजीनामा गरेका छन् । उनीहरुले विहीबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिवमार्फत राजीनामा बुझाएका हुन् ।
देउवा नेतृत्वको नयाँ सरकार बनेपछि परिषद्ले सरकारसँग बजेट माग गरेको थियो । पछि बजेट किन दिइएन भनेर बुझ्दा प्रधानमन्त्री कार्यालयले सबै पदाधिकारीको राजीनामा माग गरेपछि राजीनामा बुझाएको परिषद्का प्रवक्ता दूर्गा प्रसाद भट्टराईले जानकारी दिए ।
अघिल्लो केपी ओली नेतृत्वको सरकारले नियुक्ति गरेका पदाधिकारीलाई राजीनामा गर्न दवाव परोस् भनेर नै परिषदलाई बजेट दिइएको थिएन
सामुहिक राजीनामा दिनेहरुमा उपाध्यक्ष डा. पद्मप्रसाद खतिवडा,सदस्य सचिव पुष्कर खाती तथा सदस्यहरुमा, गोबिन्दबहादुर शाही, डा. ब्रम्हध्वज गुरूङ, डा. मनीराम बञ्जाडे, सुशील ज्ञावली र नानीमाया थापा रहेका छन् ।