काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति गर्न आज बिहान बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।
‘सिंहदरबारमा बसेको बैठकमा छलफल भयो तर कुनै निर्णय भएन, अर्को बैठकबाट निर्णय हुन्छ,’ राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सिनाले भने ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु को अध्यक्षतामा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।


