काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरेको छ।
मन्त्रालयले सोमबार सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई एकमुष्ट पत्राचार गरेको हो। ‘मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गतका कार्यालयहरूमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको प्रमाणित विवरण १५ दिनभित्र मन्त्रालयको संघीय मामिला तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा उपलब्ध गराइदिनुहुन मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ।
राजपत्रांकित र राजपत्र अनंकितको छुट्टाछुट्टै विवरण पठाउन भनिएको छ।


