काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् । नवनियुक्त मुख्यमन्त्री चौधरीले बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।
‘प्रदेशसभा नियमावली २०७९ को नियम १४५’ अनुसार उनले विश्वासको मत लिनेसम्बन्धी पत्र गत आइतबार प्रदेशसभामा दर्ता गराएका थिए । सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता भएको ४८ घण्टा पछि प्रदेशसभा बैठक आव्हान गरेका छन् ।
गत शुक्रवार मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री नियुक्ति गर्दै पद तथा गोपनियताको शपथ लिएका थिए ।


