काठमाडौं । सुुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश गर्ने भएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहका अनुसार बुधबार दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको ।
मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाइनेछ । जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएपनि सुदूरपश्चिममा भने ढिलो गरिएको हो ।


