काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ कार्यक्रम तय भएको छ ।
सोमबार बूढानीलकण्ठस्थिक पार्क भिलेजमा भएको २१औं चुनावी साधरणसभाबाट १९ सदस्यीय कार्यसमिति चयन भइसकेको छ।
यद्यपि, कार्यसमितिले पूर्णता भने पाइसकेको छैन। १३ सदस्यमध्ये ११ सदस्य निर्वाचित हुँदा चार उमेदवारको समान ३९ मत आएपछि पुनः निर्वाचन हुने एन्फाले जनाएको छ।


