काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट दीपेन्द्रबहादुर थापा,जीतप्रकाश आलेमगर र महेन्द्रध्वज जीसी तथा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्री नियुक्त गरेका हुन्। जीसीलाई कृषि तथा भूमि व्यवस्था,आलेमगरलाई आर्थिक मामिला र थापालाई उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, माओवादीका जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाएका छन्। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
यस अघिका विना विभागीय मन्त्री सुशिला सिंखडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सरस्वती अर्यालले उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । गत १४ वैशाखमा मुख्यमन्त्री नियुक्त पाण्डेले ७ सदस्यीय मन्त्रिपरिषदमा शुक्रबार ४ जना थप मन्त्री नियुक्त गरेका हुन् ।


